छठका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ
काठमाडाैं | कात्तिक ५, २०७९
काठमाडौं । छठको तयारीका लागि भूवनेश्वरी मन्दिर तथा त्यस आसपास क्षेत्रमा आज सरसफाइ गरिएको छ । सामुदायिक सेवा केन्द्र कुलेश्वरले आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समाजसेवीको सहभागिता रहेको थियो ।
मन्दिर वरपर रहेका फोहर, नदी क्षेत्रमा जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो । करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अघ्र्य चढाउने गर्दै आएका छन् ।
काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मठमन्दिर तथा सम्पदास्थललाई सफा बनाउन स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुलुकमा विद्यमान सबै जाति समुदायका फरकफरक संस्कृति तथा पर्वले एकापसमा सद्भाव वृद्धि गरी राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजकुमार विष्टले विभिन्न समयमा भूवनेश्वरी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । शिक्षिका सुनिता श्रेष्ठले छठलाई दृष्टिगत गर्दै सुरक्षाकर्मीको सहयोगमा गरिएको सफाइको सराहना गर्नुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

